रमेश शुभेच्छुद्वारा लिखित राजेन्द्र सुवेदीका आयाम सार्वजनिक

काठमाडौँः प्रा. राजेन्द्र सुवेदीको जीवनीमा आधारित कृति ‘राजेन्द्र सुवेदीका आयाम नामक पुस्तक सार्वजनिक भएको छ । सुवेदीको ७१ औँ जन्मोउत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रा.डा चुडामणि बन्धुले रमेश शुभेच्छुद्वारा लिखित ‘राजेन्द्र सुवेदीका आयामको विमोचन गर्नुभएको हो । पुस्तकमा सुवेदीको जीवनयात्रा, सिर्जन यात्रादेखि रोडमोडलसम्मका सामाग्री समेटिएका छन् । दुई सय ६७ पृष्ठमा समेटिएको कृति आठ पाठमा समेटिएको छ । सर्वनाम नाटक घरमा विमोचित कृतिमाथि समालोचक लक्ष्मण गौतमले समीक्षात्मक मन्तव्य व्यक्त गर्नुभयो । गौतमले कृतिमा सुवेदीको बहुआयामिक व्यक्तित्व समेटिएको बताउनुभयो । ramesh कार्यक्रममा बोल्दै लेखक रमेश शुभेच्छुले सुवेदीको कृति प्रशंसा नभएर समालोचनात्मक भएको उल्लेख गर्नुभयो । शुभेच्छुले नेपाली साहित्यमा पछिल्लो समय सेलिब्रेटीका पुस्तक अर्कै लेखकले लेख्ने परम्पराले सही लेखकको अस्तित्वमाथि प्रश्न चिन्ह खडा भएको बताउनुभयो । उहाँले हिजोआज एउटा व्यक्तिको आत्माकथा अर्कैले फोटोकपी गरेर उपन्यास बनाउने गरेकाले सबैजना यसमा सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित