साउनभित्रै संविधान : प्रधानमन्त्री

Sushil-koirala-Pres-300x200काठमाडौँ, । प्रधानमन्त्री सुशील कोइरालाले  साउनभित्रै संविधान जारी र्नुको विकल्प नभएको बताएका छन्  । संविधानसभाको संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिअन्तर्गतको विशेष समितिको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री कोइरालाले पूर्व प्रतिबद्धताअनुसार संविधान नआएमा जनतामा निराशा उत्पन्न हुने जनाए । कोइरालाले प्रदेशको सीमाङ्कनसहित साउनभित्र संविधान जारी हुनेमा आशावादी रहेको जनाउंदै  संविधान ल्याउनुको विकल्प छैन, त्यसकै लागि हामीहरू दिनभर छलफल गरिरहेको उल्लेख गरे   ।  संविधान निर्माणकै लागि आठवर्ष बितिसकेकाले अब धेरै समय लिनु उचित नहुने बताउँदै सबै दल, जनता र अन्तर्राष्ट्रिय समुदाय चिन्तित भएकाले ढिलो गर्दा थप निराशा पैदा हुने धारणा राखे  ।  मधेसवादी मोर्चालगायत असहमत पक्षलाई पनि सहमतिमा ल्याउन सीमाङ्कनसहितको संविधान आउने उल्लेख गर्दै ‘संविधान च्यात्छु’ भन्दैमा कसैलाई फाइदा नहुने बताउनुभयो । प्रधानमन्त्री कोइरालाले सङ्घीयताको सीमाङ्कन टुङ्गिएमा नामाङ्कन ठूलो समस्या नहुने पनि कोइरालाको भनाइ थियो  ।

 

प्रतिक्रिया

सम्बन्धित