समीर सङ्गीत समाजले २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभुकम्प पछि पुण साङ्गीतिक कार्यक्रम गर्दैछ। "द हार्मोनी" नामको उक्त कार्यक्रम, भुकम्प पछिको आएको अस्तिरतालाई सङ्गीतद्वारा स्तिरताको कामना गर्दै गरीने बताईएको छ। कार्यक्रममा युवा तबला बादक विराज पोखरेलले तबला स्वतन्त्र बादन गर्ने छन्। उनी सँग हार्मोनियममा लहरा बजाएर सुदिप राज बडालले साथ दिने छन्। सोहि कार्यक्रममा मानमोहन थपलियाले शास्त्रीय गायन प्रस्तुत गर्ने र शालिकराम घिमिरेले हार्मोनियममा सङ्गत गर्ने छन्। पं. समिर डे ले तबला बजाएर मनमोहन थपलियालाई साथ दिने जानकारी संस्थाका सह सचिब अमित प्रधानले जानकारी दिएका छन्। कार्यक्रम यहि २०७२ साल साउन २३ गते शनिबार नेपाल म्युजिक स्कुल, पिङ्गलास्थानमा ४:३० बजे हुनेछ।
प्रतिक्रिया