गोरखाः
एकिकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले देशमा स्थिरता कायम गरी आर्थिक समृद्धि प्राप्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताउनुभएको छ ।
सहिद भीमसेन स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले राष्ट्रिय स्वाधीनता जोगाउँदै देशलाई आर्थिक समुन्नत बनाउन पनि कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक हुने बताउनु भएको हो ।
मुलुकमा स्थिर र बलियो सरकार भयो भने मात्रै भारत र चीनजस्ता ठूला देशलाई सन्तुलनमा राखेर तीव्र आर्थिक विकासतर्फ देशलाई लैजान सकिने भएकाले दलहरूले पुनःसोचेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अवलम्बन गर्नुपर्ने विचार डा भट्टराईले राख्नुभयो ।
डा भट्टराईले भन्नुभयो, “कांँग्रेस एमालेलाई शङ्का लाग्छ भने बरु म प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि उम्मेद्वार बन्दिन, तपाईँहरूले रेकर्ड गर्नुहोस्, आज मैले यो घोषणा गरे ।”
प्रतिक्रिया