साउनभित्रै नयाँ सविधानः वामदेव गौतम

bamdev comredप्युठानः उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले साउन मसान्तभित्रै नयाँ संविधान जारि हुने बताउनु भएको छ ।

प्रारम्भिक मस्यौदामाथि जनताको रायसुझाव सङ्कलनका लागि प्युठान पुग्नु भएका उपप्रधानमन्त्री गौतमले खलङ्गामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कुनै अवरोध नआए साउन मसान्तभित्र नयाँ संविधान आउने विश्वास व्यत्त गर्नुभयो ।

उहाँले भन्नुभयो “नयाँ संविधान सहमतिको दस्तावेज हुनेछ, यसमा सबै दलले अगाडि सारेका सबै विषय समावेश नहुन सक्छ तर सबै पक्षको विचार समेट्ने प्रयास गरिने छ ।” उ

हाँले सीमाङ्कन र नामाङ्कनसहितको प्रदेश ल्याउन खोजेको भए अहिले संविधान नै नबन्ने खतरा भएकाले छमहिनाभित्रै उक्त कुराको टुङ्गो लगाउने गरी सहमति भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित