गाई काट्न पाउनुपर्ने सुझाव दिँदा कुटपिट
कोहलपुरः कोहलपुरमा सञ्चालन भैइरहेको संविधान मस्यौदाको सुझाव संकलन स्थलमा संविधानमा गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताएपछि एमाओवादी समर्थक सहभागी कुटिएका छन्।
शीतभण्डारमा जारी सुझाव संकलनमा माओवादी विद्यार्थी संगठनका राजेन्द्र विष्टले गाई काट्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने सुझाव दिएपछि सहभागीले कुटेका थिए। विष्ट कोहलपुरस्थित बागेश्वरी क्याम्पस बिबिएस तेस्रो वर्षमा अध्ययनत छन्।
उनले पूरा बोल्न नपाउँदै सुझाव संकलनमा सहभागीहरु खन्निएका थिए। गाई काट्न पाउनुपर्ने भन्दै आपत्तिजनक शब्द बोलेको भन्दै सयौँ । सहभागीले हातपात गर्दै प्रहरीको जिम्मा लगाएका थिए। उनलाई सुझाव संकलन स्थलबाट प्रहरीले इलाका प्रहरी कार्यालय कोहलपुरमा पुर्याएको थियो।
राष्ट्रिय जनावर गाई काट्न पाउनुपर्ने भन्दै आपत्तिजनक र कानुन दायराबाहिर गई बोलेको भन्दै सहभागीले हातपात गरे। विष्टलाई कानुन बमोजिम कारवाही हुनुपर्ने भन्दै सहभागीले प्रहरीको जिम्मा लगाएका थिए। विष्टलाई प्रहरीले तीन घण्टा नियन्त्रणमा लिई छाडेको कोहलपुर प्रहरीले जनाएको नागरिकमा समाचार छ ।
यसैबीच कोहलपुरमा सुझाव संकलन बहिष्कार गरेको राप्रपाले स्थलबाहिर र भित्र नारावाजी गरे। उनीहरुले सुझाव संकलन सुरु हुनसाथ संविधान मस्यौदा च्यातेर नारावाजी गर्दै बाहिरिए। प्रधानमन्त्री सुशील कोइराला सुझाव संकलन स्थलमा पुग्दा र सम्वोधनपछि फर्कदा समेत उनीहरुले हिन्दु राष्ट्रयको माग गर्दै नारावाजी गरे।
प्रतिक्रिया