तवावै तनावबीच मस्यौदामा सुझाव
काठमाडौँः संविधानको प्रारम्भिक मस्यौदामाथि रायसुझाव संकलनका क्रममा सोमबार दर्जनभन्दा बढी जिल्लामा भएको हिंसात्मक प्रतिरोधमा सुरक्षाकर्मीले हस्तक्षेप गरेका छन्। पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल, पुष्पकमल दाहाल र मस्यौदा समितिका अध्यक्ष कृष्ण सिटौलाामाथि आक्रोशित भीडले रौतहट, सिरहा र झापामा उग्र विरोध प्रदर्शन गरेपछि सुरक्षाकर्मीले आक्रामक बचाउ गर्नुपरेको थियो।
करिब दुई घन्टा आक्रोशित भीडको बीचमा परेका नेपाललाई अश्रुग्यास र हवाई फायर अनि लाठी प्रयोग गरी प्रहरीले उद्धार गरेको थियो भने दाहाललाई प्रहरीले सुरक्षा छाता प्रदान गरी भीडबाट बचाएको थियो। सिटौला उपस्थित रहेको झापामा रायसुझाव दिन गएका आमजनतालाई प्रहरीले निर्धारित स्थलमा प्रवेश नदिएपछि झडप भएको थियो।
अधिकांश ठाउँमा हिन्दु राष्ट्रका पक्षमा रायसुझाव आएका थिए भने मधेस केन्द्रित दलहरूले तराईका जिल्लामा संघीयता र सीमांकनबिना संविधान जारी गर्न नदिने आफ्नो निर्णयअनुसार प्रतिरोध अभियान चलाएका थिए।
भारत भ्रमणबाट फर्केलगत्तै रायसुझाव संकलनमा सहभागी हुन सिरहा पुगेका एमाओवादी अध्यक्ष दाहालमाथि ढुंगा प्रहार भएपछि उनी कार्यक्रम छोट्याएर फर्केका थिए।भीडसँग प्रहरीको झडप हुँदा जनकपुरमा थुप्रै घाइते भएको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
प्रतिक्रिया