मैदानमा प्रचण्ड आत्तिएपछि कांग्रेसको शरणमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पराजित मानसिकताबाट गुज्रिरेहका छन् । चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधी सभामा उम्मेदवारी दिएका प्रचण्ड निर्वाचन क्षेत्र छाडेर बाहिर जान चाहँदैन । विगत एक हप्तादेखि ३ नं. क्षेत्रमा अड्डा जमाएर बसेका प्रचण्डले कांग्रेस र कांग्रेसका नेताहरूको नाम जप्न थालेका छन् । कांग्रेसको नाम भजाएर भोट मागिरहेका छन् ।
किनभने प्रचण्डलाई एक्लै निर्वाचन जित्छु भन्ने हुति नै छैन । एमालेप्रति पनि प्रचण्डलाई विश्वास लाग्न छाडेको छ । त्यही भएर उनले कांग्रेसका नेताहरूको नाम चुनावी कार्यक्रमहरूमा लिन थालेका हुन् । नेपाली कांग्रेससँगको सहकार्य तोडेर नेकपा एमालेसँग पोइला गएका प्रचण्डलाई अहिले आएर बल्ल कांग्रेसका नेता विपी कोइराला, गिरिजाप्रसाद कोइरालाहरूको स्मरण हुन थालेको छ । चितवनमा नेपाली कांग्रेसको दबदवा छ । यस्तै अवस्था भइरह्यो भने अब प्रचण्डले कुनै दिन कांग्रेस सभापति शेरबहादुर देउवासँग मलाई पराजय हुनबाट जोगाइदिनुस् भन्न बेर छैन । प्रचण्ड एमालेसँग पोइल गएपनि कांग्रेसको सरकारमा टाँसिएर बसिरहेका छन् ।
त्यति मात्रै होइन आफ्ना विनाविभागीय मन्त्रीहरूमार्फत सेवा र सुविधा पनि लिइरहेका छन् । कांग्रेसलाई हराउन प्रमुख विपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्ने अनि जित्नका लागि त्यही कांग्रेसका नेताहरूको नाम लिएर ‘हलो’मा कांग्रेसले मतदान गरे विपी र गिरिजाप्रसाद कोइरालाको अपमान हुने भनिरहेका छन् । तर, उनले के भुले भने कांग्रेसलाई हराउन एमालेसँग साँठगाँठ गरेको बिर्सिएका छन् । देशैभरि कांग्रेसलाई हराउन एमाले र केपी ओलीसँग गठजोड गरिरहेका छन् । कांग्रेसका देशभरिका नेता तथा कार्यकर्ताहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको धोका तत्काल भुल्ने पक्षमा छैनन् ।
चितवन क्षेत्र नं. ३ मा निकै बलिया राप्रपा (प्रजातान्त्रिक)का उम्मेदवार बिक्रम पाण्डेसँग प्रचण्डलाई डर लाग्न थालेको छ । त्यही भएर कांग्रेस र कांग्रेसका नेताहरूको नाम भजाइ रहेका छन् । अस्वस्था देखेपछि निर्वाचन आचारसंहिता विपरित पाण्डेको चरित्र हत्यासम्मको हर्कतमा प्रचण्ड उत्रिएका छन् । चितवनमा बाँदरमुढे नरसंहारका नाइके प्रचण्डले अहिलेसम्म त्यो हत्याकाण्डको स्पष्ट जवाफ दिन सकेका छैनन् । बाँदरमुढे नरसंहारका पीडितहरूसँग नजर उठाएर कुरा गर्न सक्दैनन् । यस्तो अवस्थामा प्रचण्डलाई निर्वाचनमा डर लाग्नु स्वभाविक पनि हो । यसअघि काठमाडौं क्षेत्र नं. १० मा नेपाली कांग्रेसका राजन केसीसँग नराम्रो हार व्यहोरिसकेका प्रचण्डलाई बिक्रम पाण्डेले पुनः अर्को पराजयका माला पहिराइदिने धेरैले अनुमान गर्न थालेका छन् ।
प्रचण्डका पछिल्ला अभिव्यक्तिले त्यो आभास दिन थालेको छ । चितवन क्षेत्र नं. ३ का मतदाताहरूलाई प्रचण्डले भन्दा पनि बिक्रम पाण्डेले जित्दा भविष्यमा काम लिन सहज हुनेछ । किनभने प्रचण्डसँग ती मतदाताहरूको सहज पहुँच हुने छैन । तर, पाण्डेलाई उनीहरूले सजिलै भेटेर काम गराउन सक्ने छन् । एमालेका नेता देवी ज्ञवालीलाई किनेर आफ्नो पछाडि–पछाडि हिँडाइ रहेका प्रचण्डले बिक्रम पाण्डेलाई पैसा बाँडेको फजुल आरोप लगाई रहेका छन् । बरु पैसा बिक्रम पाण्डेले होइन प्रचण्डले बाँड्न थालेको त्यस क्षेत्रका मतदाताहरूले बताउन थालेका छन् । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ
प्रतिक्रिया