माधव नेपाल सहभागी कार्यक्रममा झडप, दुईजना घाइते

रौतहटः एमालेका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल सहभागी कार्यक्रममा स्थानीयवासीले ढुंगामुढा गर्दा दुईजना घाइते भएका छन् । संविधानको मस्यौदामाथि सुझाव संकलनका लागि रौतहटको गौरमा आयोजित कार्यक्रममा सर्वसाधारणले ढुंगामुढा गरेका थिए । बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई प्रहरीले सुरक्षा घेराभित्र राखेको छ । नगरपालिकाकाको सभा हलभित्र सभासदहरुलाई राखिएको छ । बिहानैबाट तनाव सुरु भएपछि सुझाव संकलन कार्यक्रम बिथोलिएको छ ।madavkumar nepal रौतहट क्षेत्र नं १ अन्तरगत नगरपालिकाको सभाहलमा सोमबार बिहानै सुझाव संकलन कार्यक्रम राखिएको थियो । कार्यक्रममा सभासद माधवकुमार नेपाल, बंशिधर मिश्र,रामकुमार भट्टराई सत्यानारायण भगत, मोहम्मद मुस्ताक आलम लगायतको सहभागिता थियो । सभा हलमा स्थानीयवासीले पनि छिर्न पाउनुपर्ने माग गरिरहेका बेला सदभावना पार्टीकी सभासद डिम्पल झा र नेता अनिल झाले प्रवेश गर्नेबेलामा सर्वसाधारण समेत प्रवेश गर्न खोजेका थिए ।

प्रतिक्रिया

सम्बन्धित