देव र पृथ्वीलाई हराउन माओवादी–एमालेकै नेता सक्रिय

काठमाडौं । कम्युनिष्टहरुको वाम गठबन्धनको नाममा माओवादी केन्द्रबाट लमजुङ जिल्लामा प्रतिनिधी सभाको उम्मेदवार बनेका देव गुरुङविरुद्ध आफ्नै पार्टीका नेता तथा कार्यकर्ता विद्रोहमा उत्रिएका छन् ।

  सदरमुकाम बेसिशहरका माओवादीका कार्यकर्ताहरुले बाहिरबाट नेता ल्याएर टिकट दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । गुरुङविरुद्ध माओवादी मात्रै होइन एमालेका नेता तथा कार्यकर्ताहरु पनि देखिएका छन् । गुरुङलाई लमजुङका मतदाताहरुले आयातित नेताका रुपमा लिएका छन् ।

 आफ्नो मनाङ जिल्लाको विकास गर्न नसक्ने गुरुङले कसरी लमजुङको विकास गर्न सक्छन् भनेर प्रश्न गर्न थालेका छन् । मुख्यमन्त्रीको आश्वासन दिएर प्रचण्डले एमालेका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सभामा झारेपछि एमालेहरु रुष्ट बनेका हुन् । एमाले र माओवादीका नेता तथा सांसदहरुले माओवादीका गुरुङलाई नेता मान्नुपर्ने अवस्था आएको छ ।

  एमालेका पृथ्वीसुब्बाले पनि गुरुङलाई हराउन भित्रभित्रै सर्कुलर गरेको स्रोतले जनाएको छ । मनाङ जिल्ला घर भएका गुरुङ पदका लागि र एमालेका साथ पाएर सांसद बन्ने लोभका कराण लमजुङ झरेका हुन् । तर, उनलाई लमजुङबाट एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरु नै हराउन सक्रिय भएका छन् । उता ४ नं. प्रदेशको मुख्यमन्त्रीको सपना देखेका एमालेका पृथ्वीसुब्बालाई पनि एमालेका नेताहरु नै हराउन सक्रिय भएको स्रोतको भनाइ छ । पृथ्वीसुब्बाले आफ्नो कार्यकालभरि कुनै पनि काम नगरेको मतदाताहरुको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित