एमालेले बजेट पास हुन नदिने
काठमाडौँः सत्तारुढ प्रमुख घटक नेकपा एमालेले कांग्रेसले एकपक्षीय रुपमा बजेट ल्याएको भन्दै पारित हुन नदिने चेतावनी दिएको छ । कांग्रेसले बजेट तयार गर्ने क्रममा छलफल नै नगरेको, नीति तथा कार्यक्रम तयार पार्दासमेत कुनै जानकारी नदिएको एमालेको आरोप छ । बजेट पेस भएको केहीबेरमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशील कोइरालालाई भेटि कांग्रेसले एकपक्षीय रुपमा ल्याएको बजेट पारित नगर्ने चेतावनी दिएका हुन् ।
प्रतिक्रिया