दिल्लीमा के गदै छन् प्रचण्ड

काठमाडौँः राजनीतिक भ्रमणका क्रममा मंगलबार दिल्ली गएका प्रचण्ड राजनितिक भेटघाटमा व्यस्त छन् । प्रचण्डले बुधबार दिउँसो भारतीय विदेशमन्त्री सुश्मा स्वराजसँग भेटदैछन् । त्यसपछि विदेश मन्त्रालयले दिउँसो १ बजे आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्ड त्यसपछि प्रवासी नेपालीसँगको भेटघाटको कार्यक्रममा सहभागी हुने छन् । भ्रमणका क्रममा प्रचण्डले भारतका विशिष्ट व्यत्तिहरुसँग छलफल गर्ने कार्यक्रम रहेको छ । मंगलबार दिल्लीस्थित इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्रालयका दक्षिण एसिया हेर्ने सहसचिव अमय ठाकूर र नेपाली दूतावासका उपप्रमुख कृष्णप्रसाद सापकोटाले स्वागत गरेका थिए । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रचण्डलाई भ्रमण बारे व्रिफिङ गरेका थिए ।

prachanda

प्रतिक्रिया

सम्बन्धित