एक करोड नदिए बजेट रोक्ने मोदीको चेतावनी
काठमाडौँः समानुपातिक सांसदहरुले एक करोड रकम नदिएसम्म बजेट पास हुनै नदिने अडान लिएका छन् । शनिबार सभामुख सुवासचन्द्र नेम्वाङलाई ज्ञापन पत्र बुझाउँदै संसद विकास कोषमार्फत् खर्च गर्न पाउनेगरि आफुहरुलाई पनि एक करोड उपलब्ध गराइनुपर्ने बताएका छन् ।
हस्ताक्षर अभियानको नेतृत्व गरेका एमाओवादी सभासद अमरलाल मोदीले प्रत्यक्ष निर्वाचित सभासद सहर रकम नदिए समानुपातिक सभासदखहरुले बजेट पास हुन नदिने बताए । उनले सरकारले कानुन विपरित आफुहरुलाई विभेद गरेकाले अदालत जान पनि आफुहरु तयार रहेको बताए । उनको अभियानमा २७० सभासदले हस्ताक्षर गरेका छन् भने एमालेका ११८ समानुपातिक सभासदहरुले पनि हस्ताक्षर गरेका छन् ।
उनको अभियानलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराभ भट्टराइले पनि समर्थन गर्दै हस्ताक्षर गरेका छन् भने कांग्रेसका प्रत्यक्ष निर्वाचित सभासद बलबहादुर बलायरले पनि समर्थन गरेका छन् ।
प्रतिक्रिया