प्रधानमन्त्रीले मगाए गृहमन्त्रीको भाषणको टेप
काठमाडौँः प्रधानमन्त्री सुशील कोइरालाले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको विवादीत भाषणको टेप मगाएका छन् । अनुसन्धान संलग्न प्रहरी अधिकृतको हौसला बढाउन सरकारले आयोजना गरेको पुरस्कार दिन आयोजित कार्यक्रममा विभागीय मन्त्रीले अनुसन्धानमाथि नै प्रश्न उठाएपछि कोइरालाले सम्बोधनको टेप झिकाएको नागरिक दैनिकमा समाचार छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गौतमले प्रहरी अनुसन्धानमाथि आशंका गर्दै प्रहरी र अपराधीको साँठगाँठ हुने गरेको गम्भीर आरोप लगाएका थिए । गृहमन्त्रीको सम्बोधनबारे अन्य मन्त्रीले ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री आफैँ सुनेर निर्णय गर्छु भन्दै टेप मगाएका हुन् ।
प्रतिक्रिया