औपचारीक रुपमा खुल्यो बनेपा–सिन्धुली–बर्दिवास सडक
काठमाण्डौं, असार १९ । प्रधानमन्त्री सुशीलकोइरालाले संविधान निर्माणको प्रक्रिया सुरु भइसकेकाले अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । जापान सरकारको अनुदानमा निर्माण भएको बनेपा–सिन्धुली–बर्दिवास बिपी राजमार्गको हस्तान्तरण कार्यक्रममा यस्तो बताउन्ु भएको हो । जसरी पनि अव संविधान आउने प्रधानमन्त्री कोइरालाको धारणा रहेको छ ।प्रधानमन्त्री कोइरालाले मुलुकमा सङ्घीय गणतन्त्रको स्थापना सामान्य विषय नभएको उल्लेख गर्दै जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने समय आउन लागेको जनाउनु भयो । उहाँले मुलुकमा सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारशून्य अवस्था भए अबको १० वर्षमा नै मुलुकमा कायापलट हुन विश्वास समेत व्यक्त गर्नु भयो ।
अहिले निर्माण हुन लागेको संविधानको महत्व धेरै भएकाले संविधान बन्न नसकेका कारण देशमा विकास निर्माणका काम हुन नसकेको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले मधेसी मोर्चालाई सङ्घीयताका विषयमा शङ्का नगर्न समेत आग्रह गर्नुभयो । कोइरालाले भन्नु भयो सङ्घीयतामा सबै दलको प्रतिबद्धता आइसकेकाले द्वन्द्व र आन्दोलनमा लाग्नु समय सापेक्ष छैन ।
प्रधानमन्त्री कोइरालाले मुलुकमा शान्ति, स्थायित्व र अमनचयन कायम भए मुलुकले चाँडो गति लिने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा भौतिक योजना तथा निमार्ण मन्त्री विमलेन्द्र निधि पुर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाको पनि उपस्थिति रहेको थियो । विसं २०५३ देखि सडकको निर्माण कार्य सुरु भएको २० वर्षको अवधिमा सडक निर्माणकार्य सम्पन्न भएको हो । कुल १६० किलोमिटर लम्बाइमा निर्माण भएको उक्त सडकमा २६ अर्ब जापानी रकम लगानी भएको छ ।
प्रतिक्रिया