गृहमन्त्री भने प्रहरीले मलाई नै गलहत्याउँछन् कि भन्ने डर लाग्छ
काठमाडौंः गृहमन्त्रालयमा शुक्रबार एक महत्वपूर्ण कार्यक्रम थियो । रानीबार हत्याकाण्डका सफल अनुसन्धानकर्ता प्रहरी अधिकारीलाई सम्मान गरेर सिंगो संगठनको मनोबल उकास्ने । कार्यक्रमका प्रमुख अतिथि गृहमन्त्री वामदेव गौतमलाई कार्यक्रमको उद्देश्य र प्रकृति थाहै नहुने विषय थिए । उनले यो हेक्का नराख्दा कार्यक्रममा सहभागी प्रहरीले उत्साही होइन, खिन्न बन्नुपर्यो । प्रहरीका कामको प्रशंसा गरेर सम्मानको गरिमा राख्नुपर्ने हेक्का नराखी गृहमन्त्री गौतमले आफ्नो भाषणको पूरै समय प्रहरी संगठनकै आलोचनामा बिताए । उनले प्रहरीलाई कमजोर र अक्षम मात्र भनेनन्, अपराधीसँग् साँठगाँठ रहेको आरोप लगाउँदै आफूलाई प्रहरीदेखि नै डर लाग्न थालेको बताएका छन् । ‘पहिले गृहमन्त्री हुँदा म प्रहरी कार्यालयको अनुगमन गर्न जान्थे, साना समस्यासमेत थाहा हुन्थ्यो र समाधान गर्न सक्थेँ,’ उनले भने, ‘अहिले मलाई नै गलहत्याउँछन् कि भन्ने डर लाग्छ त्यसैले जाँदिन् ।’ नागरिक दैनिकमा समाचार छ ।
प्रतिक्रिया