सनी लियोनले भनिन् मानिसहरु जेसुकै भनुन् म हार मान्ने छैन

पोर्नस्टार सनी लियोनले जब बलिउडमा पाइला टेकिन् विवादले उनको पिछा छाडेको छैन । उनीमाथि अश्लिलता फैलाएको होस वा भाडाको घरमा सही ढंगले राखन धरान नगरेको होस् आरोपको वर्षा भइनै रहन्छ । यो सबै आरोपका बारेमा सनी लियोन भन्छिन्–म विगत दुई वर्षदेखि म अन्तै बसेकी छु । अब यस्तो अवस्थामा विषयमा म के जवाफ दिऊँ । मलाई लाग्छ कि मानिसहरुले केही बोल्नुअघि एकपटक मसँग सोध्नुपर्छ ।

बिग बोसजस्ता रियलिटी शोपछि चलचित्र उद्योगमा आएकी सनी लियोन स्वीकार गर्छिन् कि सेलिब्रेटिज सफ्ट निशानामा हुन्छन् । बीबीसीसँगको कुराकानीमा उनले भनेकी छन्–सेलेब्सलाई सफ्ट टार्गेट बनाउने परम्परा भारतमा मात्र छ, अमेरिकामा यस्तो केही पनि छैन ।

उनले भनिन्–मैले आफूलाई पहिलाको तुलनामा बढी सुरक्षित गरेकी छु । आफ्ना स्टाफ सदस्यहरुको संख्या पनि बढाएकी छु । यसका साथै म आफ्नो भूमिका चयनका विषयमा पनि सजग भएकी छु ।sunny

तैपनि उनी आफूलाई बलियो इच्छाशक्ति भएको व्यक्तिका रुपमा लिँदै भन्छिन्–म पनि मानव हुँ । मलाई पनि दुःख लाग्छ, मानिसहरु जेसुकै भनुन् म पनि हार मान्ने पक्षमा छैन । केही मानिसहरु पब्लिसिटीका लागि बोल्छन्, त्यसो हो भने उनीहरुलाई बोल्न दिनुस् ।

उनले आफू कामले दुवै हात भरिएको जानकारी पनि दिइन् । उनले आफू आगामी दुई वर्षसम्म पूर्णरुपमा व्यस्त रहने बताइन् । सनी लियोन हाल स्प्लिट्स भिला सिजन–८ को होस्ट गर्दै छिन् ।

प्रतिक्रिया

सम्बन्धित