सभासदहरुले भने कृषि मन्त्रीले राजिनामा दिनुपर्छ

काठमाडौँः असार १५ को धान दिवस मनाउने क्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले महिलामाथि अमर्यादित व्यवहार गरेको भन्दै सभासदहरुले राजिनामाको माग गरेका छन् । बुधबार संसद बैठकमा समय माग गरेर बोल्दै एकीकृत माओवादी नेता जनार्दन शर्माले पराजुलीको यस्तो व्यवहारले समग्र महिलाको अपमान गरेको बताउदै यसको बारेमा सरकारले जबाफ दिनु पर्ने माग गर्नु भयो । उहाँले भन्नुभयो – मन्त्रीले धानजात्राको दिनमा माहाजात्रा गर्नुभयो, यसले महिलाहरुको अपमान भएको छ, जनताले अब यसलाई कसरी बुझ्छन् रु मन्त्रीले नै यस्ता आपतिजनक काम गरेपछि आफुहरु जनताका अगाडी जानै लाजमर्नु जस्तो भएको उहाँले टिप्पणी गर्नुभयो । यसैगरि नेपाल मजदुर किसान पार्टीका सभासद अनुराधा थापाले मन्त्री पराजुलीले गरेको कार्यले सबैलाई लज्जित बनाएको बताउदै तत्काल कारबाही गर्न माग गर्नुभयो । कृषि विभागले धान दिवसको अबसरमा काठमाडौंको मुलपानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री पराजुलीले अश्लिल हर्कत देखाउनु भएको थियो । krishi mantri5

प्रतिक्रिया

सम्बन्धित