खेलकुदमन्त्रीलाई फिर्ता बोलाए माधव नेपालले सडक आन्दोलन गर्ने
काठमाडौँः एमाले अध्यक्ष केपी ओलीले एमालेतर्फबाट युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेललाईै राष्ट्रिय खेलुकद परिषद् सदस्यसचिव नियुक्ति पकरणमा सरकारबाट फिर्ता बोलाउने तयारी गरेपछि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सडकमै ओर्लने चेतावनी दिएको छ । त्यो असन्तुष्टिको चपेटामा पार्टीमात्र होइन, एमालेसहितको गठबन्धन सरकार नै तानिएको छ । एमाले नेता नेपालले आइतबार प्रधानमन्त्री सुशील कोइराला र चारदलका बरिष्ठ नेताहरुको उपस्थितिमा पार्टी अध्यक्ष ओलीलाई फोन गरी मौखिक आदेशमा पौडेल मन्त्रिपरिषद्बाट हटाइए त्यसको खुला प्रतिवाद गर्ने चेतावनी दिएपछि हाललाई पौडेलको थमौती भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राजनीतिक एजेन्डामा निर्धारित बैठककै क्रममा नेपाल प्रधानमन्त्रीलाई समेत चेतावनी दिन चुकेनन् । ‘पार्टी अध्यक्षको मौखिक आदेशमा कुनै पनि मन्त्रीलाई हटाउने काम गर्नुभयो भने त्यसको जिम्मेवारी तपाईंले समेत लिनुपर्नेछ,’ नेपालले कोइरालालाई भने अन्नपूर्ण पोस्टमा समाचार छ ।
प्रतिक्रिया