रामचन्द्र पौडेलमाथि किन उठ्यो कारवाहीको माग ?
तनहुँ जिल्लाका नेता तथा कार्यकर्ताले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अनुशाशनहीन काम गरेको भन्दै पौडेल र न्यौपानेलाई कारबाहीको माग गरेका हुन् । गोविन्दराज जोशी समूहका नेता तथा कार्यकर्ताले भेला गरेर यस्तो माग गरेका छन् ।
तनहुँमा भेला भएका झण्डै ५०० नेता तथा कार्यकर्ताहरूले हस्ताक्षर गरेर पौडेल र सभापति न्यौपानेलाई कारबाही गर्नुपर्ने प्रस्ताव तयार पारेका छन् ।
निर्वाचनका बेला पौडेल समूहले जोशी समूहलाई टिकट दिएको थिएन । त्यसविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । तर, पौडेलले निर्वाचन कार्यालयमा उजुरी दिएर उम्मेदवारी रद्द गराइदिएका थिए ।
कांग्रेसको बिधान र नियमावली बिपरित काम गरी पार्टीको अनुशासन उल्लंघन गरेकाले कारबाही गरी पाउँ भनि वरिष्ठ नेता पौडेल र जिल्ला सभापति न्यौपानेबिरुद्ध उजुरी दर्ता गर्न लागेको एक नेताले बताए ।सो उजुरी कांग्रेसका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यलय सानेपाका साथै सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेका छन्
प्रतिक्रिया