बस्नेतद्धारा विकास निर्माणका कामको अनुगम
काठमाडौं : नेकपा एमालेका नेता महेश बस्नेतले सुर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटमा भएका विकासका कामहरुको अनुगमन गरेका छन् । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बस्नेतल निर्वाचनका समयमा आफूले गरेको प्रतिवद्धता अनुसार विकासका कामको अनुगमन गरेको माईन्यूज नेपाललाई बताए । अनुगमनका क्रममा बस्नेतको अगुवाई र वडा नम्बर २ का सदस्य विश्वराज विष्ट एव्म सूर्यविनायक नगरपालिका वडा नं. २ को वडा कार्यालयको विशेष पहलमा नेपाल विद्युत प्राधिकरणसँगको समन्वयमा विगत लामो समयदेखि साविकको बालकोट वडा नम्बर १ र २ को सिमानाको आशलाल चोक देखि दुर्गा मन्दिर निस्कने सडकको मध्य भागका रहेको ट्रन्समिटरको पोल हटाउने कार्य सम्पन्न भएको छ । उक्त क्षेत्रका सर्वसाधरणलाई सहज रुपमा आवत जावतमा बाधा उत्पन्न हुँदै आएकोले अव्यवस्थित विजुलीका पोल एवम् ट्रान्समिटरहरु हटाइएको सदस्य विष्टले बताए । अनुगमनका क्रममा उक्त क्षेत्रमा हालसालै भएको सडक विस्तार एवम् सडकको ढलानको कामको समेत निरीक्षण गरी काम भएकोप्रति स्थानीय नेता तथा कार्यकर्ताहरुलाई बधाई दिंदै बस्नेतले जनताको हक अधिकारी र विकासका काममा लाग्न स्थानीय नेता एवम् कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । विष्टले जनताले दिएको मतको कदर गर्दै स्थानिय तहको विकास र निर्माणका कार्यमा सक्रिय भएर लाग्ने बताए ।
प्रतिक्रिया