चितवनबासी भन्छन - प्रचण्डसंग बनाउँने भन्दा पनि भत्काउँने अनुभव छ, त्यसकारण भोट दिन सकिन्न

काठमाडौं। नेपाली कांग्रेस ३ का क्षेत्रीय सभापती लाल बहादुर दवाडीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवनको पाहुना भएकोले खान र बास दिने सकिने तर अंश दिन सकिन्न भन्दै भोट हाल्न नसकिने बताएका छन् ।

भरतपुर २२ पटिहानीमा लोकतान्त्रीक गठबन्धनको पार्टी कार्यलय उद्घाटनको क्रममा दवाडीले उनीबाट बिकास निर्माणको कार्य सम्भव नभएको दाबी गरे ।। रोल्पा ,सिराहा र काठमाडौँ हुँदै चितवन चुनाव लड्न आएका प्रचण्डलाई उच्च सम्मान गर्छु भन्दै प्रचण्डलाई यस क्षेत्रकोबारेमा केही थाहा नभएको बताए ।

प्रचण्डले जितेर गएपनि यस क्षेत्रमा फर्किएर नआउँने भएकोले पनि प्रचण्डलाई काठमाडौँ नै फर्काउँन कांग्रेस , एमाले र माओवादी सबै पार्टीका साथीहरुले गोलकार भित्रको हलो चिन्हमा मतदान गरेर बिक्रम पाण्डेलाई जिताउँनुपर्नेमा जोड दिए । बिक्रम पाण्डेसंग निर्माणको राम्रो अनुभव भएकोले क्षेत्र नम्बर ३ को बाँकी बिकास बिक्रम पाण्डेबाट हुने बताए ।  उनले प्रचण्डसंग बनाउँनेभन्दा पनि भत्काउँने अनुभव भएको वताएका थिए।

प्रतिक्रिया

सम्बन्धित