देउवा र पौडेलबीच किन बढ्यो दुरी ?
४२औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा नेविसंघको सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम गरेका हुन् । देउवा समूहले राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेको थियो । यसको नेतृत्व नेविसंघका अध्यक्ष नैनसिंह महरले गरेका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले त्रिचन्द्र क्याम्पसको मैदानमा गुटको कार्यक्रम गरेका थिए । यसको नेतृत्व नेविसंघका नेता मनोजमणि आचार्य समूहले गरेको थियो ।
राष्ट्रिय सभागृहमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसको कार्यक्रमलाई नेता प्रकाशमान सिंहले सम्बोधन गरेका हुन् ।
दुबै कार्यक्रममा महामन्त्री डा।शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, डा रामशरण महत लगायतका नेताहरू अनुपस्थित रहेका थिए ।गुटको कार्यक्रम छल्ने किसिमले महामन्त्री डा।शशांक कोइराला पोखरामा भएको कार्यक्रमलाई संवोधन गर्न गएका थिए । कांग्रेसभित्रको देउवा र पौडेल समूहको विवाद नेविसंघ हुँदै सडकसम्म आइपुगेको छ । पौडेल समूहले आफूहरूलाई देउवा समूहले पेल्दै आएको आरोप लगाउँदै आएको छ । तर, यो आरोप मान्न देउवा समूह तयार छैन । देउवा समूहले सबैलाई मिलाएर लैजान खोज्दा खोज्दै पौडेल समूह बखेडा झिकेर जाने गरेको बताएको छ ।
प्रतिक्रिया