जोखिमपूर्ण संरचना भत्काउन मात्रै संकटग्रस्त क्षेत्र

lal babuकाठमाडौँः सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जोखिमपूर्ण संरचना भत्काउनका लागि मात्र उपत्यकालाई संकटग्रस्त क्षेत्र घोषणा गरेको बताएका छन् । बोष्टर मिडियाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री पण्डितले भूकम्प प्रभावित क्षेत्र मध्ये उपत्यकामा ठूला ठूला संरचना रहेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गर्दै जोखिमपूर्ण संरचना भत्काउन सुरु गरेको बताए । उनले अहिलेको अवस्थामा सरकारको पूर्ण ध्यान पुर्ननिर्माणमा रहेको उल्लेख गरे । उनले दातृ निकायको सम्मेलन नेपालमा सफलता पूर्वक सम्पन्न गरेको दाबी समेत गरे । उनले नेपाललाई पुरानै अवस्थामा ल्याउदै पुन पर्यटकको आकर्षणको क्षेत्र बनाईने धारणा राखे ।

प्रतिक्रिया

सम्बन्धित