एक पछि अर्को चलचित्रमा व्यस्त हुदै राजु बजाज

raju bajajकिरण अधिकारीः नेपाली लोक,कला ,संगीत ,म्युजिक भिडियो अनि चलचित्र क्षेत्रमा सुपरिचित नाम हो बुद्दिसागर लामिछाने । तर कलाको क्षेत्रमा उनि राजु बजाजको नामले चिनिएका छन् । अभिनयमा निकै जमेर आफ्नो कला देखाउन सक्ने खुबीका धनि बजाज चलचित्रको पर्दामा अचेल निकै ब्यस्त हुन थालेका छन । चलचित्र ज्वालामुखी बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका उनि अहिले सम्म आइपुग्दा थुप्रै चलचित्र मा अभिनय गरिसकेका छन् उनलाई परदेशी, जन्मभूमि , वडा नम्बर ६ , नो स्मोकिङ, ब्रास्लेट, बिरानो माया जस्ता चलचित्रमा आफ्नो दमदार अभिनय देख्न सकिन्छ । एभरेष्ट कलचर ग्रुप मार्फत बिदेशका विभिन्न देशमा कला संस्कृतिको प्रचार प्रसारमा सहयोग पुर्या्उदै आएका छन् । राजु बजाज ९बि यस लामिछाने० नेपाली मोडेलिङ क्षेत्रमा पनि लोकप्रिय नाम हो । त्यसैगरी आफुलाई व्यापार बिजनेसमा समेत संलग्न राख्दै आएका राजु बजाज आफ्नो देशको कला संस्कृतिलाई लिएर देश बाहिर जर्मनी, पोल्याण्ड, फ्रान्स, बेल्जियम, स्पने, फिनल्याण्ड, मलेशिया, स्वीजरल्याण्ड कोरिया, ताइवान लगायतका देशमा पुगेका छन् ति देशहरुमा एभरेष्ट कलचर ग्रुप मार्फत पुगेका उनि ति देश मा हाम्रो भाषा साहित्य कला र संकृति लाई चिनाउने दुत को रुपमा काम गरेका छन् । खास गरि हाम्रो संस्कृतिलाई बिदेशी माझ चिनाउने उद्देश्यले आफुहरुले विभिन्न देशमा यस्ता कार्य गर्दै आएको उनि बताउछन । त्यसैले उनको उक्त कार्यको मुल्याकन गर्दै अर्मानियामा केन्द्रीय कार्यालय रहेको वल्ड एसोसियसन अफ प्रफर्मिंग आर्ट वाप्पाले उनलाई दक्छिन एसिया छेत्रको उपाध्यक्षको जिम्मेवारी समेत दिएको छ  । उनलाई बहुमुखी प्रतिभाको धनि मानिन्छ । किनकि उनको लगाब धेरै क्षेत्रमा छ । विश्वको संस्कृति नेपाल भित्राउन पनि उनि त्यतिकै क्रियाशील छन ।  यो कुरामा उनलाई यसका लागि एभरेष्ट कलचर ग्रुपका अध्यक्ष्य आर सी कोइराला लगायत को टिम वर्क ले नै यो सबै सम्भब भएको उनि बताउँ छन ्र कुनै पनि देशको पहिचान भनेको नै त्यही देशको भाषा साहित्य कला संस्कृति हो त्यस्मा पनि लोक कला संस्कृति त्यही देश को आफ्नो पहिचान हो हामीलाई नेपाली भनेर चिनाउने हाम्रो भाषा साहित्य कला संस्कृति रिति रिवाज हाम्रा चाल चलन र हाम्रा चाड पर्ब हरु हुन् । यस्को सम्बद्र्धन र संरक्षणमा हामी लाग्नु पर्छ भोलिका पुस्तालाई यी सबै कुरा हरु हामीले हस्तान्तरण गर्नु पर्छ र देशको पहिचान मेटिनु हुदैन भन्ने कुरा साथ आफुहरु यस कार्यमा लागि परेको उनको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित