अर्थमन्त्रीलाई कर्मचारीले नै नटेरेपछि
काठमाडौं । अर्थमन्त्रालय अन्र्तगतको कमाई खाने एउटा अखडा हो, यूवा तथा साना व्यवसायी स्वरोजगार कोष । माओवादी नेता डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा स्थापना गरिएको उक्त कोष कार्यकर्तालाई सरकारी बजेट बा“ढ्ने माध्यम बन्न थालेको छ । खासगरी विभिन्न संघ संस्था तथा सहकारीहरुलाई कोषले सस्तोमा ऋण दिंदै आएको छ, जून धेरैले तिरेका छैनन् ।
कोषका कार्यकारी निर्देशक बिनोद गुरागाईले पछिल्लो समय कोषका अध्यक्ष समेत रहेका अर्थमन्त्री डा.रामशरण महतलाई टेर्न छाडेका छन् । माओवादीको चाकडी गरेर कोषमा नियुक्त भएका उनले सुरेन्द्र पाण्डेदेखि शंकर कोइरालासम्मलाई खुशी बनाएका थिए । तर महतसँग कुरा नमिल्दा कोषको गतिविधि यतीबेला ठप्प हुन पुगेको यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।
आर्थिक वर्ष सकिन लाग्दा पनि कोषले यो वर्ष २६ वटा सहकारी तथा संस्थाहरुलाई मात्र ऋण उपलब्ध गराएको छ । अर्थमन्त्री महतस“ग कुरा नमिल्दा कोषले आवेदन नै मागेको छैन ।
गुरागाई अर्थमन्त्री भन्दा उद्योगमन्त्री महेश बस्नेतसँग निकट भएका छन् । आगामी फागुनमा अवकाश पाउन लागेका गुरागाई त्यसपछि पनि कतै सरकारी नियुक्ति पाइने आशमा त्यसरी बस्नेतस“ग निकट भएका हुन् । गुरागाईले आफ्नो निर्देशन नटेरेपछि अर्थमन्त्री महत तनावमा छन् । गृह जिल्ला नुवाकोटका धेरै सहकारी तथा संस्थाहरुले कोषबाट पैसा लैजान खोजेका थिए । त्यस्तै कोषबाट पैसा मिलाइदिनुपर्ने भन्दै कांग्रेसका जिल्ला जिल्लाका सभासद्ले दबाब दिएका छन् । तर कोषका अधिकारीले नै उनको निर्देशन मानेका छैनन् ।
प्रतिक्रिया