काठमाडौँः
नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा अन्तर्राष्ट्रिय समुदाय लगानी गर्न तयार रहेको ऊर्जा मन्त्री राधा ज्ञवालीले बताउनु भएको छ । विश्व ऊर्जा परिषद्को बैठकमा भाग लिन अघिल्लो साता फिलिपिन्स जानुभएकी उर्जा मन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय समुदायले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यत्त गरेको जानकारी दिनु भएको हो । विश्वका ऊर्जा विज्ञको अन्तर्राष्ट्रिय सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायले नेपाल लगानीका लागि सुगम गन्तव्य रहेको भन्दै लगानीका लागि आफूहरु तयार रहेको बताएको उहाँले जानकारी दिनुभयो ।
ऊर्जा मन्त्री ज्ञवालीले एसियाली विकास बैंक, विश्व बैंक, विश्व ऊर्जा परिषद्लगायतले नेपालका ठूला जलविद्युत् आयोजनामा उल्लेख्य लगानी गर्ने वचनबद्धता व्यक्त गरेको जानकारी दिनुभयो । पछिल्लो पटक नेपालमा अन्तर्राष्ट्रिय लगानी भित्रने वातावरण बन्दै गएको उल्लेख गर्दै ऊर्जा मन्त्री ज्ञवालीले भारतसँग भएको विद्युत् व्यापार सम्झौता र भारतीय लगानीकर्तासँग भएको विद्युत् विकास सम्झौताले लगानीको ढोका खोलेको बताउनुभयो भयो । उहाँका अनुसार गत मङ्सिरमा सम्पन्न सार्क सम्मेलनले दक्षिण एसियामा ऊर्जा क्षेत्रको विकास तथा विस्तारमा प्रमुखताका साथ जोड दिएपछि सहज वातावरण बनेको छ ।
प्रतिक्रिया