दातृ सम्मेलनका विषयमा प्रधानमन्त्रीद्धारा दलहरुलाई जानकारी

काठमाडौँः बिहिबार हुने नेपालको पुननिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन सम्बन्धमा सरकारमा रहेका र सरकार बाहिर रहेका दलहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्री सुशील कोइरालाले दातृ सम्मेलन सम्बन्धमा भइरहेका तयारीबारे जानकारी गराउनुभएको थियो । छलफलका लागि आयोजित बैठकमा प्रधानमन्त्री कोइरालासहित सरकारका मन्त्रीहरु, एनेकपा माओवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी तथा राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।pm sushil koirala बैठकपछि अर्थमन्त्री डा रामशरण महतले सम्मेलनका लागि भइरहेका कामका सम्बन्धमा दलहरुलाई जानकारी गराइएको र दलका तर्फबाट सुझावहरु लिइएको बताउनुभयो । सम्मेलनका लागि निर्धारित कार्यतालिकाअनुसारको सबै तयारी तीव्ररुपमा अघि बढिरहेको छ । हालसम्म विभिन्न ५३ राष्ट्र एवम् संस्थाका २२३ जना विदेशी पाहुना सम्मेलनमा आउने निश्चित भइसकेको छ उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित