विना विभागिए भएको झण्डै तीन महिनापछि माओवादी मन्त्रीहरूद्वारा सामूहिक राजीनामा

काठमाडौं :
सरकारमा सहभागी माओवादी मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन्। मन्त्रीहरूको सामूहिक राजीनामा पत्र लिएर विनाविभागिय मन्त्री एवम् माओवादी नेता गिरिराजमणि पोखरेल प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका हुन् । यसअघि बिहिबार माओवादीले सरकारबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । हिजो सार्वजनिक बिदा परेकाले माओवादी मन्त्रीले राजीनामा बुझाउन पाएका थिएनन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा नौ मन्त्री र सात राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागीय बनाएका थिए । नयाँ जनादेश आएलगत्तै प्रधानमन्त्री देउवाले राजीनामा नदिने देखेपछि नैतिकताका आधारमा राजीनामा दिन माओवादीले जनाएको छ ।
उपप्रधानमन्त्री कृष्णबहादुर महरा सहित मन्त्रीहरू जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पाले सामूहिक राजीनामा दिएका छन् । माओवादीका सबै मन्त्रीले एक हप्ताभित्र मन्त्रीनिवास छोड्ने पनि बताएका छन् । प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउँदै राप्रपा अध्यक्ष कमल थापासहित आठजना मन्त्रीलाई नयाँ जिम्मेवारी दिएका थए ।

प्रतिक्रिया

सम्बन्धित