नराम्रोसँग पछारियो रोनाल्डोको रियल मड्रिड
काठमाडौं । भिल्लारियलसँग पराजित भएसँगै रियल मड्रिड स्पेनिस ला लिगाको उपाधि दौडमा बार्सिलोनासँग १६ अंकले पछि परेको छ। शनिबार राति भएको खेलमा रियल भिल्लारियलसँग १–० गोल अन्तरले पराजित भएको छ । भिल्लारियलले रियल मड्रिडलाई उसकै घरेलु मैदान बेर्नाबाउमा हराएको यो पहिलो पटक हो ।
भिल्लारियलका फर्नल्सले ८८ औं मिनेटमा गोल गरेका थिए ।यो हारसँगै रियल मड्रिड लिग लिडर बार्सिलोनाभन्दा १६ अंकले पछाडि परेको छ भने तेस्रो स्थानमा रहेको भ्यालेन्सियासँग उसको अंक दुरी ८ मा पुगिसकेको छ । पाँचौं स्थानमा रहेको भिल्लारियल भन्दा मात्र एक अंक बढी जोडेको छ ।
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आलोचकहरुको व्यवहारबाट आजित भइसकेको प्रतिक्रिया दिएका छन्। उनले टोली छनोटको विषयलाई लिएर आलोचकहरूले गरेका नकारात्मक टिप्पणीले आजित भएको बताए। घरेलु मैदानमै भिल्लारियलसँग पराजित भएपछि पत्रकार सम्मेलनमा जिदान निकै गम्भीर देखिएका थिए।
प्रतिक्रिया