भारतीय शरणार्थी कार्ड लिएका तिब्बतीलाई नेपाली नागरिकता, मुछिए सीडीओ र अधिकृत
काठमाडौं। भारतले जारी गरेको शरणार्थी कार्ड लिएका एक तिब्बतीलाई नेपाली नागरिकता दिएको घटनामा काठमाडौंका तत्कालीन सहायक सीडीओ र एक अधिकृत मुछिएका छन् । काठमाडौंका तत्कालीन सहायक सीडीओ (हाल प्रशासन शाखाका उपसचिव ) ललित बस्नेत र नागरिकता शाखाका विजय गौतमको मिलेमतोमा कुङ्गा तेन्जिङ भुटिया भनिने तिब्बती तेन्जिङ लामालाई नागरिकता दिएको खुलासा भएको हो ।
बस्नेत हाल काठमाडौं सीडीओ कार्यालयमा प्रशासन उपसचिव र गौतम नाबालक शाखामा कार्यरत छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लामालाई नागरिकता दिन बस्नेत र गौतमको संलग्नता रहेको पुष्टि गरेसँगै सरकारी वकिलको कार्यालयमा उनीहरूविरुद्ध कारबाही गर्र्नुपर्ने राय दिएको थियो । तिब्बतीलाई नागरिकता दिएको घटनामा बस्नेत र गौतमको संलग्नता पुष्टि भएपछि गृह मन्त्रालयले उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख (डीआईजी) पुष्कर कार्कीले नागरिकता ऐनमा उल्लिखित प्रावधानअनुसार नै तिब्बतीलाई नागरिकता दिने प्रक्रियामा संलग्न कर्मचारीउपर कारबाही गर्नुपर्ने राय दिएको बताए । अन्नपूर्णमा खबर छ
प्रतिक्रिया