सम्पत्ति सुद्दिकरणको पत्रले इक्यानमा हंगामा

ecan

काठमाडौं । सम्पत्ति सुद्दिकरण अनुसन्धान विभागले शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका संस्थाहरुमाथि छानविन अगाडि बढाएको छ । कतिपय एजुकेशन कन्सलटेन्सीहरुले विदेशबाट स्रोत नखुलेको रकम भित्र्याएको खुलेपछि विभागले त्यस्ता कम्पनीहरुमाथि निगरानी थालेको हो ।

 विभागले पटक–पटक शैक्षिक परामर्श दाता संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) मा पत्र पठाई आवद्ध सदस्यहरुको विवरण माग गर्दा समेत नपठाइएको भन्दै पुनः ताकेता सहित पुस ३० गते इक्यानका नाममा पत्र काटेको छ ।

 विभागले कन्सलटेन्सीहरुको नाम, ठेगाना, प्रोपाइटर र सम्पर्क टेलीफोन सहित विवरण पठाउन पत्राचार गरेको छ । विभाग स्रोतका अनुसार अष्ट्रेलियामा विद्यार्थी पठाउने केही नाम चलेका कन्सलटेन्सीहरुले अवैध हुण्डीको कारोबार गरिरहेको खुलेपछि त्यस्ता कम्पनीमाथि छापा हान्ने तयारी भइरहेको छ । इक्यानमा झण्डै तीन सय कन्सलटेन्सीहरु आवद्ध छन् ।

 

प्रतिक्रिया

सम्बन्धित