दरबारमार्गको सामूहिक बलात्कार काण्ड : युवतीको वयानले प्रहरी नै अन्योलमा ,अब के आधारले मुद्दा चल्ला ?
काठमाडौं । हालै चर्चामा रहेको दरबारमार्गको सामूहिक बलात्कार काण्ड नयाँ मोडमा पुगेको छ । बलात्कार भनिएकी युवती प्रहरीको सम्पर्कमा आएर बलात्कृत भएको नभई सहमतिमा नै ‘शारीरिक सम्वन्ध’ राखेको बयान दिए पछि घटनाले नयाँ मोड लिएको छ ।
अब युवतीको बयानसँगै प्रहरीले घटना लुकाउन ठुलो आर्थिक खेल भएको भन्दै अनुसन्धान अर्कैतिर मोड्ने संकेत गरेको छ । पीडित युवतीले महानगरीय प्रहरी वृत, दरबारमार्गमा आफूलाई तीन युवकले सामुमिक बलात्कार गरेको भन्दै मौखिक उजुरी दिएकी थिइन् ।
तर, प्रहरीको मिलेमतोमा आर्थिक लेनदेनमा घटना लुकाइएको आरोप लागे पनि भने आर्थिक लेनदेन भएको आधार पनि अहिलेसम्म खुल्न सकेको छैन । बलात्कारको घटना लुकाउन भूमिका खेलेको आरोप लागेपछि दरबारमार्ग बृत्तका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी आफ्नै संगठनको थुनामा परेका छन् ।
वृतका डिएसपी तिलक भारतीलाई काठमाडौं प्रहरी परिसरमा तानिएको छ । युवतीले नै राजीखुसी शारीरिक सम्वन्ध राखेको बयान दिएपछि यो प्रकरणमा प्रहरीलाई मुद्दा चलाउन कठिनाइ हुने छ । तर, प्रहरी निरिक्षकले मुद्दा मिलाउन पैसा लिएको प्रमाणित भएको खण्डमा पनि युवतीको बयान फेरिएन भने निरिक्षकसहित घटनाका दोशी प्रहरी अधिकारीहरु कारवाहीमा पर्ने बाहेक अरु केही पनि हुन नसक्ने एक प्रहरी अधिकारी वताउँछन।
प्रतिक्रिया