के–के भयो दाहाल–स्वराज भेटवार्तामा ?
काठमाडौ । नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहालबीच भेटवार्ता भएको छ । आज बिहान सोल्टी होटलमा भएको भेटमा दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भएको छ । भेटपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भने–‘दुर्इ देशबीचको सम्बन्धलार्इ अझै मजबुत बनाएर लैजाने विषयमा छलफल भयो । विदेशमन्त्री स्वराजले चुनावपछिको तयारी र नयाँ सरकार गठनका विषयमा जिज्ञासा राख्नुभयो र आगामी दिनमा राजनीतिक स्थायित्व र विकासमा भारतको भरपुर सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’
भेटका क्रममा विदेशमन्त्री स्वराजले वाम गठबन्धनले बहुमत प्राप्त गरेकोमा औपचारिकरुपमा बधार्इ दिएको अध्यक्ष दाहालले जानकारी दिए । साथै नयाँ संविधानको मातहतमा तीनवटा चुनाव सफलतापूर्वक सम्पन्न भएको भन्दै भारतले खुशी प्रकट गरेको छ ।
स्वराजले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा तथा मधेस केन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरी आजै ३ बजे स्वदेश फर्किने छिन् ।
प्रतिक्रिया