बम पड्काउन सिकाउँदा भैरवनाथ गणका ४ सैनिक घाइते
काठमाडौं । महाराजगञ्जस्थित नेपाली सेनाको भैरवनाथ गणमा शुक्रबार बिहान प्लास्टिक ग्रिनेट विस्फोट हुँदा ४ जना सैनिक घाइते भएका छन् । घाइते चार जना गम्भीर रहेको सैनिक स्रोतले जनाएको छ ।
बिहान पीटी खेलिसकेपछि युनिट बेसिक कोर्स चल्दै गर्दा प्रशिक्षकले प्लाष्टिक ग्रिनेटको पिन थुतेर पड्काउन सिकाउन खोज्दा विस्फोट भएको हो । सैनिक स्रोतका अनुसार, घाइते चारै जनाको वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको छ ।तालिम गर्ने क्रममा विस्फोट भएको सेना प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए । घटनाबारे विस्तृत विवरण आउन बाकी छ ।
प्रतिक्रिया