बागमती सफाइमा टेलिकमको सहयोग

काठमाडौं । नेपाल टेलिकमको १४ औं वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार २४७ औं हप्ताको बागमती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले बागमती सफाइ महाअभियानमा प्रयोग हुने विभिन्न सामग्रीसमेत सम्बन्धित निकायलाई उपलब्ध गरायो ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतलाई बागमती सफाइ कार्यमा प्रयोग हुने विभिन्न सामग्री हस्तान्तरण गरेकी हुन् । सफाइ अभियानमा नियमित संलग्न हुने अभियन्ताका लागि १ सय जोर ट्रयाक सुट, ३ सय जोर गमबुट, ३ सय जोर ठूलो पञ्जा, ५० वटा फलामे सुइरो, ५० वटा थुन्से र ५ सय वटाभन्दा बढी मास्क हस्तान्तरण गरिएको थियो ।

उक्त अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बागमतीका साथै नेपालका सबै नदी सफा गर्नुपर्ने आवश्यकतामा जोड दिँदै यस्ता कार्यमा कम्पनीले सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष नरेन्द्रराज बस्नेतले नेपाल टेलिकमले विगतदेखि नै बागमती सफाइमा पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै कम्पनीको प्रगतिको कामना गरे । नेपाल टेलिकमले बागमती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरुलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट एसएमएस प्रेषित गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित