प्रमाण बिहिन अदृश्य शक्तिलाई सत्य सावित गर्ने रवी लामिछानेको हर्कत

rabi

काठमाडौं। न्युज २४ टेलिभिजनको कार्यक्रम सिधाकुरा जनता संगका प्रस्तोता प्रस्तोता रवी लामिछानेले फेरी नयाँ चर्चा कमाएका छन् । अमेरिकी पासपोर्ट काण्ड बाहिरिएपछि बिबादमा परेका लामिछाने भूत प्रेत तथा अदृश्य शक्तिको बारे राष्टिय टेलिभिजनबाट प्रसारण गरेपछी थप आलोचनामा परेका हुन ।

 ‘भूत प्रेतमा विश्वास गर्नु हुन्न भने यो हेर्नुहोस्, क्यामेरामै रेकर्ड भयो आवाज, एउटा सिंगो टोल त्रासमा’ भन्ने शीर्षकमा सिधा कुरा जनता संग कार्यक्रममा प्रसारण गरेपछी चारैतिर आलोचना बढेको छ । २१औं शताब्दीको बिज्ञानको युगमा भुत प्रेत हुन्छ भन्दै बिश्वस्त पार्ने उदेश्यका साथ् नेपालको राष्ट्रिय टेलिभिजनबाट नै प्रसारण गरिनुले आध्यात्मिक चिन्तनलाई बढावा दिएको भन्दै टिप्पणी हुन थालेको छ ।

 प्रमाण बिहिन अदृश्य शक्तिलाई सत्य सावित गर्ने हर्कत गरिएको टेलिभिजन हेर्नेहरुले सजिलै अनुमान गर्न सकिन्छ । रबि लामिछानेले प्रसारण गरेको कार्यक्रम हेर्दा परिवार आतंकित भएको तर आतंकित बनाउने तथ्यको स-प्रमाण बिना टेलिभिजनमा प्रसारण गर्नु सस्तो लोकप्रियता कमाउन खोज्दै टिभीको टिआरपि बढाउन भुत प्रेतको रंगमञ्च बनाएको भन्दै आलोचना हुन थालेको छ ।

 यस्तै कारण लोक प्रिय कार्यक्रम जनता संग सिधा कुराको गरिमामा आँच आउँन सक्ने भन्दै कार्यक्रमको विश्वसनीयता नै गुमाउने फ्यानहरुले समेत चिन्ता व्यक्त गरेका छन् । टेलिभिजनको टिआरपि बढाउनकै लागि तथ्य हिन भुत प्रेत जस्ता अदृश्य शक्तिहरुलाई बढावा दिएको भन्दै सामाजिक सन्जालबाट उनको आलोचना भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित