अर्यालको मुद्दा तामेलीमा, पाँच करोडको घोटलामा यसरी बार्गेनिङ गरे बस्न्यातले
काठमाडौं । अख्तियार प्रमुख एवं प्रमुख आयुक्त दीप बस्न्यातले आफ्ना १६ जना मान्छेलाई घुसाएबापत पूर्वआईजीपी उपेन्द्रकान्त अर्यालको मुद्दा तामेलीमा राखेको खुलासा भएको छ ।
अर्यालको मुद्दा चलिरहेको बेला प्रहरी भर्नाका क्रममा अख्तियार प्रमुख बस्न्यातका मान्छे घुसाए वापत अर्यालको मुद्दा तामेलीमा राखिएको स्रोतको भनाइ छ । यो कसरी सम्भव भो ? जवाफमा स्रोत भन्छ, ‘लोकसेबाट रिजल्ट आउट हुनु पर्ने थियो । तर, लोक सेवाका कर्मचारी प्रहरी हेडक्वार्टरमै छाप बोकेर आए ।
लोक सेवाले लिखितमा २ सय ३५ जना नाम लिस्ट पठाएको थियो । एक सय २ जना निकालियो । लिखितमा पास भएका २ सय ३५ जना मध्ये केहीलाई निकालेर आफ्ना व्यक्ति हालियो ।’ स्रोतले दावीका साथ भन्यो प्रमाण नै छ । अनियमितता गरेको भन्ने आधार के ? ‘प्रहरीले वेबसाइटमा पनि राखेको थियो । शारीरिक तन्दुरुस्तीको अंक थपिएको भन्ने व्यहोरा दिइयो । तर, त्यो लिखितमा आएर थप्न पाइँदैन । आचारसंहिता विपरीत हुन्छ,’ स्रोतले उदाहरण दिँदै भन्यो, ‘मैले ८० नम्बर ल्याए । तर, म फिजिकलमा फेल भए भने फेल हुन्छु ।’
तर, यहाँ पास भएका व्यक्तिहरु फालिएका छन् । यो कुराको प्रहरी हेडक्वार्टरमा भएका सिभिलियनहरुले पनि विरोध गरेका छन् । स्रोतले थप भन्यो, ‘उनीहरुले पनि लोकसेवाको गल्ती भनेका छन् । लोक सेवाले पनि आफ्नो गल्ती स्वीकारेको सुन्नमा आएको छ ।’नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकांश पूर्व प्रमुखहरू भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान पुगेकै छन् । पदमा बहाल रहँदा कुनै भ्रष्टाचारको आरोपमा नमुछिएका उपेन्द्रकान्त अर्यालले पहिले १३ पन्ने भरे । पछि अख्तियारमा बयान दिन पुगे ।
तर, अख्तियारले उनलाई परम्परा कायम राखेजस्तै गरेर बयानको लागि बोलायो । उनलाई स्रोत नखुलेको सम्पत्ति कमाएको आरोप लागेको छ । पूर्व प्रहरी महानिरीक्षकलाई विनाकुनै भ्रष्टाचारको आरोप सम्पत्ति छानबिनको नाममा अख्तियारमा बोलाएर बदनाम गर्नु कति उपयुक्त हो भन्ने विषयमा समाजमा बहस चल्दै थियो । तर, अब अर्यालका केही कुरा उदांगिएका छन् । पूर्व प्रहरी महानिरीक्षक अर्यालसँगै, बहालवाला सचिव राजेन्द्र ठाकुर र दुई डीएसपीले पाँच करोड बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारमा बयान दिनु परेको थियो । हाम्राकुरा डटकमबाट साभार
प्रतिक्रिया