करोडपति मन्त्री प्रधानले फुत्काए राज्यकोशको ५० लाख, यसरी भयो आलोचना

bhimsendas

 काठमाडौं। काठमाडौंका स्थायीबासिन्दा तथा धनाढ्य रक्षामन्त्री भीमसेनदास प्रधानलेलाई प्रधानमन्त्री शेरवहादुर देउवाले देउवाले राज्यकोषको रकम प्रदान गरेका छन् । यी मन्त्रीलाई न त कुनै ठुलो रोग लागेको छ न नै कुनै ठुलो विपत्ति या संकट । प्रधानले बाहिरिने बेलामा ५० लाख रुपैयाँ आर्थिक सहयोग लिएका छन् ।

 मन्त्रिपरिषद्बाट निर्णय गराएर काठमाडौं-२७ का स्थायी बासिन्दा रक्षामन्त्री प्रधानले ५० लाख रुपैयाँ सहयोग लिएपछि आलोचना सुरु भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रक्षामन्त्री भीमसेनदास प्रधानलाई उपचारका लागि ५० लाख दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

 उपचारका लागि भन्दै मन्त्री प्रधानले आफैंले प्रस्ताव गरेपछि उनका लागि ५० लाख दिने निर्णय भएको थियो। मन्त्री प्रधानले नै क्याबिनेट बैठकमा आफुलाई उपचार खर्च वापत ५० लाख रुपैयाँ दिनुपर्ने प्रस्ताव गरेका थिए ।
काठमाडौंका रैथाने करोडपति मन्त्री प्रधानको प्रस्तावलाई मन्त्रिपरिषद्ले अनुमोदन गरी उपचार खर्च वापत यति ठूलो रकम एकैचोटी उपलब्ध गराउने निर्णय शुक्रबारै गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित