कार्यकाल नसकिंदै किन हटाइयो एसएसपी धानुकलाई ? काठमाडौंको प्रहरी प्रमुखमा पोखरेल

sspktm

काठमाडौं। गृह मन्त्रालयले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकलाई कार्यकाल नसकिंदै हटाएको छ ।

 एसएसपी  धानुकलाई हटाएर गृह मन्त्रालयले एसएसपी विश्वराज पोखरेललाई काठमाडौं परिसरको प्रमुख बनाएको छ। एसएसपी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए। प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले एसएसपी हेरफेर गरेको बुझिएको छ ।पोखरेल एसपी रहदाँ परिसरमा कार्यरत थिए ।

एसएसपी धानुकमाथि किर्ते काण्डमा फरार रहेका पुर्व डिआईजी नवराज सिलवाललाई सुचना दिएर भगाएको र सिलवालको मुद्दा अदालतमा पेश नगरेको आरोप लागेको थियो । उनी बिदामा बसेको बेला सरुवा भएपछि परिसरका प्रहरीहरु नै अचम्मित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित