भारतीय अपराधीलाई कारवाही गर्दा इन्सपेक्टर पन्थी हेडक्वाटर तानिए

inspanthi

काठमाडौं। प्रहरी महानिरीक्षकको सचिवालयको ठाडो आदेशमा पुल्चोक प्रहरी प्रभागका इन्सपेक्टर गोबिन्द पन्थीलाई प्रहरी प्रधान कार्यालय हेडक्वाटरमा तानिएको छ । पन्थीलाई हेडक्वाटर तानिएकोबारे केही जानकारी दिइएको छैन्,तर नलाई एक नम्वर गणमा पठाइएको छ ।

 ललितपुरको पुल्चोकमा निता डंगोललाई बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई पक्राउ गरेको कारण देखाउँदै हेडक्वाटरले उनलाई तानेको स्रोतको भनाइ छ । गत कात्तिक २४ गते सिंहले नितालाई बन्धक बनाएका थिए। सिंहलाई पक्राउ गरेपनि पछि ललितपुर प्रहरी परिसरले मुद्दा अघि बढाएको थिएन् ।

 सिंह पक्राउ परेपछि भारतीय दुतावासमा निवेदन दिएका थिए ।  दुतावासले पत्र पठाएपछि अाईजीपी प्रकाश अर्यालको आदेशमा  प्रहरी प्रधान कार्यालयले पन्थीलाई तानेको स्रोतले दाबी गरेको छ  । पन्थीले पक्राउ गरी कारवाही गरेका भारतीय नागरिक रवी सिंह मिटर ब्याजी र अपहरणकारी समेत हुन ।

 अपहरणकारीलाई कारवाही गर्दा उल्टै पन्थी तानिएपछि अर्यालको सामाजिक  सन्जालमा चर्को आलोचना भएको छ  ।  एउटा आफ्नो अफिसरलाई बोलाएर सोधखोज नगरी निलम्वनको आदेश दिने हाम्रा आईजीपी सापलाई भन्नुपर्ने केही होला त ?भन्दै सामाजिक सन्जालबाट प्रश्न गरिएको छ 

प्रतिक्रिया

सम्बन्धित