पार्टी एकिकरण नहुँदै एमालेले गर्यो ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि बढाउने निर्णय गरेको हो । एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारमा नेतृत्वमा गर्ने सहमति भएको थियो ।
२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको बहुमत छ । तर, दुई पार्टीबीच एकिकरण लागेको अन्तिम समयमा एकाएक एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
प्रतिक्रिया