देउवाको बालुवाटार–बुढानिलकण्ठ यात्रा
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बालुवाटारस्थित सरकारी निवास छाडेर आफ्नै घर तिर लाग्दैछन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेपछि देउवाले सरकारी निवास छाड्न लागेका हुन् ।
देउवाले दिउँसो एक बजेपछि निवास छाड्ने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । बालुवाटारस्थित निवासबाट देउवाका धेरैजसो सामान भने बिहीबार नै बुढानिलकण्ठस्थित निजी निवासमा लगिसकिएको छ ।
२०७४ जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवा असार ५ गते बालुवाटार सरेका थिए । तिनै तहको निर्वाचन पूरा गरेर देउवाले बालुटार–बुढानिलकण्ठको यात्रा तय गरेका हुन् ।
प्रतिक्रिया