होटल सेभेन स्टार ‘अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अर्वाड २०१८’ बाट सम्मानित
चितवन । सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय स्तरको अर्वाड पाएको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले विश्वको १ सय ५० उत्कृष्ट होटलहरुलाई हरेक बर्ष प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अर्वाड २०१८’ यो वर्ष होटल सेभेन स्टारले पनि पाएको हो ।
यो अर्वाड पाउने सेभेन स्टार नै नेपालको पहिलो होटल बनेको छ । सौराहामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई उच्चस्तरीय सेवाका लागि पहिलो नम्बर कायम राख्न सफल यस होटलले विभिन्न सूचकहरुलाई पूरा गर्दै गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गरे वापत अर्वाड दिएको स्पेनको ग्लोबल ट्रेड क्लबको वेवसाईडमा उल्लेख छ ।
सो अवार्ड होटल सेभेन स्टार प्रा।लिको तर्फबाट स्पेन निवासी एनआएन युरोपका उपसंयोजक एकराज गिरीले म्याड्रिड स्थित पाँचतारे होटलमा ग्रहण गरेको होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले जानकारी दिए । गिरी नेपाल पयटन वोडका स्पेन स्थित मानार्थ जनप्रतिनिधी समेत हुन् ।
पर्यटकीय नगरी सौराहाको एक मात्र स्टार होटलका रुपमा परिचित होटेल सेभेन स्टारले यस अघि ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल भएको थियो । अवार्ड घोषित भएसँगै चार वर्ष अघि स्थापना भएको होटेल सेभेन स्टार नेपालका होटलहरु मध्येबाट टप टेन भित्र समेत पर्न सफल भएको थियो ।
अवार्ड पाएपछि प्रबन्ध निर्देशक दवाडीले भने–‘भिआईपी हवका रुपमा परिचित बनेको होटलले पाएको यो अर्वाड हामीलाई थप उत्साह थपेको छ । हाम्रो सेवा प्रति पाहुनाहरुले दिएको अपाहर माया हो, अब थप उचाई हामी पुग्नेछौ ।’ होटेलको वातावारणले नै जोकोही पर्यटकलाई पनि लोभ्यान सक्छ ।
प्रतिक्रिया