दाहाल संसदीय दलको नेतामा सर्वसम्मत्
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् । आइतबार बिहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकले अध्यक्ष दाहाललाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
दाहाल प्रतिनिधिसभातर्फ चितवन–३ बाट निर्वाचित सांसद् हुन् । बैठकमा अध्यक्ष दाहालले एमालेसँगको एकताबारे आइतबार शीर्ष नेताबीच छलफल हुने जानकारी गराएका छन् । भागबन्डा नमिलेका कारण प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गरेको माओवादी केन्द्रले अझै पनि सरकारमा सहभागीता जनाएको छैन ।
प्रधानमन्त्री पद एमाले अध्यक्ष केपी शर्मा ओली र दाहालले आलोपालो गर्ने सहमति बनेको बाहिर आएको भएपनि माओवादीले भने त्यसलाई नस्वीकारेको अवस्था छ ।
प्रतिक्रिया