बम विष्फोटमा प्रहरी र पत्रकार घाइते

पोखरा । कस्कीको विजयपुरमा भएको बम विष्फोटमा परी एक प्रहरी र पत्रकार घाइते भएका छन् । विप्लव माओवादीले आह्वान गरेको बन्दको दिन आज विजयपुरमा वम विष्फोट भएको हो । नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएको थियो । तर, नागढुंगामा समयमै नेपाली सेनाको बम डिस्पोजल टोली पुग्यो भने विजयपुरमा नपुग्दा बम विष्फोट भएको थियो ।

घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ लगिएको छ । यसैबीच, झापाको दमकमा पनि बन्दकर्ताहरुले बम विष्फोट गराएका छन् । विप्लप समूहका कार्यकर्ताले दमक–६, घिमिरे सुपरमार्केटमा रहेको एक पसलमा विष्फोट भएको हो ।

यता, राजधानी काठमाडौं उपध्यकामा भने बन्दको खासै प्रभाव परेको छैन । केही कम मात्रामा सवारी साधनहरु चलेको र शिक्षण संस्थाहरु बन्द भए पनि खासै प्रभाव भने नपरेको देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित