गोपाल किरातीले भने -म माथिको कारवाही प्रचण्ड एण्ड कम्पनीमा निहित एकमनवादको पराकाष्ठा हो
काठमाडौं । माओवादी केन्द्रले पार्टीबाट निष्कासित गरेकोप्रति नेता गोपाल किरातीले काडा आपत्ति जनाउँदै विज्ञप्ति निकालेका छन् छन्। माओवादी केन्द्रले पार्टीका तीन नेता गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुती’ र लोकेन्द्र विष्ट मगरलाई कारबाही गर्दै पार्टीबाट निष्काशित गर्ने निर्णय गरेको थियो।
‘दक्षिणन्थी काण्डको भण्डाफोर गर्दै नेकपा माओवादी केन्द्र पुनर्गगठनको आव्हान गरिएको क्रान्तिकारी निर्णयलाई अभियोग ठानेर पुष्पकमल दाहाल एण्ड कम्पनिले ‘कथित कार्वाही’ गरेको भन्दै किरातीले दाहाललाई धन्यवाद दिएका छन् ।
किरातीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘किनकी उक्त कार्वाही माओवादको विज्ञान र पहिचान मुद्दामाथिको कार्वाही हो भन्ने तथ्य स्वतः प्रमाणित हुनुको साथसाथै दाहाल एण्ड कम्पनिमा निहित एकमनवादको पराकाष्ठा समेत हो।’
प्रचण्डले माओवादी पुर्नगठन गर्नुपर्ने कारणबारे एक पटकपनि सुनुवाइको मौका नदिएको प्रति समेत आपत्ति जनाएका छन्। ‘माओवादी केन्द्र पुनर्गगठन गर्नुपर्ने कारणबारे एक पटक पनि सुनुवाईको मौका नदिइकन कथित कार्वाही दाहाल कम्पनिकै विनाशको वर्खिलाप समेत हो’, विज्ञप्तिमा भनिएको छ, ‘अतः ‘जो चोर, उसैको ठूलो स्वर’ भने झैं मार्क्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त र पहिचानको मुद्दा बेचेर खानेहरुले नै त्यो सिद्धान्त र मुद्दामा दृढ हामीलाई कार्वाहीको दुस्प्रचार गर्नु कायरताको परिचायक मात्र हो।’
प्रतिक्रिया