प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा रिमाल नियुक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त भएका छन् । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले एमाले पोलिटव्यूरो सदस्य रिमाललाई प्रमुख सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।
रिमालले ओलीको अघिल्लो कार्यकालमा पनि राजनीतिक सल्लाकारको भूमिका निर्वाह गरेका थिए । रिमाल एमाले पोलिटब्यूरो सदस्य तथा जीफन्टका अध्यक्ष हुन् ।
प्रतिक्रिया