देब्रेको साटो दाहिने खुट्टाको अपरेसन गर्ने नर्भिकका डाक्टरको लाइन्सेन्स खारेज हुने ,कडा रुपमा प्रस्तुत हुँदै मेडिकल काउन्सिल

norbhic

काठमाडौँ । आफुलाई सबैभन्दा ठुलो सुबिधा सम्पन अस्पताल दाबी गर्ने नर्भिक अस्पताल ठुलो समस्यामा पर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले नर्भिक अस्पतालमा डाक्टरले गरेको लापरवाहीको विषयमा अनुसन्धान गरी कारवाही गर्ने जनाएको छ ।

 देब्रे खुट्टाको अपरेसन गर्नुपर्ने बिरामीको गत शुक्रबार दाहिने खुट्टाको अपरेसन गरेर नर्भिकले चरमा लापरवाही र मनपरी गरेको थियो । चितवनकी ३८ वर्षीया बिन्दू पौडेलको डा. प्रवीण नेपालको टोलीले सद्धे खुट्टाको अपरेशन गरेपछि फेरि अर्को खुट्टाको अपरेशन गर्न बाध्य भएकी थिइन्।

 गल्ती लुकाउन नर्भिकले बिरामीसँग ४ बुँदे सहमति गरेको थियो। भविष्यमा आउने दुइटै गोडाको समस्या र नसाको उपचार निःशुल्क गर्ने, नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको थियो।  डाक्टरको लापरवाहीले भएको घटनामा नेपाल मेडिकल काउन्सिल कडा रुपमा प्रस्तुत हुन लागेको छ ।

 बिरामीले सम्झौता गरेपनि डाक्टरले गल्ती गरेको प्रमाणित भएकाले त्यसै छाड्न नमिल्ने भन्दै काउन्सिल अध्यक्ष धर्मकान्त बास्कोटा नर्भिकअस्पताल बिरुद्द काउन्सिल कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन् । काउन्सिलले नर्भिकमाथि कडा कारवाही गर्ने र गलत अपरेशन गर्ने डाक्टरको लाइन्सेन्स खारेज गर्न सक्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित