सर्वदलीय बैठक बस्दै

काठमाडौं । संघीय संसदको पहिलो बैठकका एजेण्डाबारे छलफल गर्न संसद सचिवालयले सर्वदलीय बैठक आह्वान गरेको छ । संसद सचिवालयले बुधबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा बैठक आह्वान गरेको हो ।

सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले राष्ट्रिय मान्यताप्राप्त दलबाट एक–एक जना प्रतिनिधिलाई बैठकमा बोलाइएको जानकारी दिए । संघीय संसद (राष्ट्रियसभा र प्रतिनिधिसभा) पहिलो बैठकको एजेण्डा र तयारीबारे दलहरुसँग छलफल गरिने उनले बताए । संघीय संसदको पहिलो बैठक फागुन २१ गते दिउँसो ४ बजे बोलाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनबाट नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राजपाले राष्ट्रिय दलको मान्यता पाएका छन् । अरु दलका सांसद संसदमा भएपनि थ्रेसहोल्ड कटाउन नसकेकाले उनीहरु स्वतन्त्रको हैसियतमा रहन्छन् ।

प्रतिक्रिया

सम्बन्धित